धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गजुरीको गलौदिमा शुरु

  सम्पादक |

धादिङ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ ।आज साेमबार देखि गजुरी गाउँपालिका वडा नं.५ गलौदिमा सुरु भएको जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए।

कार्यक्रममा संघीय सांसद राजेन्द्र पाण्डे र रामनाथ अधिकारी विशेष अतिथि रहेका थिए।प्रतियोगिताको पहिलो दिन भएको भलिबल छात्र तर्फ धुनीबेसीलाई हराउँदै रुबीभ्याली र सिद्धलेकलाई हराउँदै खनियाबासले विजयी सुरुवात गरेका छन् भने कबड्डी छात्र तर्फ गजुरीलाई पराजित गर्दै नीलकण्ठ र छात्रा कबड्डीमा सिद्धलेकलाई पराजित गर्दै धुनीबेसीले विजयी सुरुवात गरेको छ ।

पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्ररछात्रा विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगितामा धादिङका १३ मध्य ११ वटा पालिकाले भाग लिएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसुका खेलहरु समावेस छन् । जिल्लाबाट छनोट भएकमा खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् । गजुरीको गलौंदी खेल मैदानमा सुरुभएको यस प्रतियोगिता फागुन २५ गते सम्म चल्ने गजुरी गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारीले बताएका छन्।

प्रतिक्रिया