सिद्धलेकमा गाउँसभा अगाडी गाउँसभा सदस्य र शिक्षकको धर्ना, पालिका अनुदानका शिक्षक निकालेमा केही विद्यालय बन्द हुने

  सम्पादक |

सीताराम अधिकारी
धादिङ,
सिद्धलेक गाउँपालिकामा पालिका अनुदान शिक्षक निस्काशन नगर्न, शुशासन कायम गर्न माग गर्दै गाउँसभा स्थल अगाडी गाउँसभा सदस्य तथा वडा अध्यक्षहरुले धर्ना दिएका छन् ।
सोमबार भएको सिद्धलेक गाउँपालिकाको १२ औँ गाउँसभामा यसअघि कार्यपालिकामा छलफल नै नभएको विषय कार्यसूचीमा राखिएको, पालिकामा जम्मा हुनुपर्ने ठूलो रकम जम्मा नभएको, पालिकाकोअनुदानमा राखिएका शिक्षकहरुलाई बिनाकारण निस्काशन गर्न लागिएकोले यसको विरुद्ध १५ जना गाउँसभा सदस्यहरुले गाउँसभाको अवज्ञा गर्दै सभास्थल अगाडी धर्ना दिएका हुन् ।
गाउँसभामा बहुमतको आडमा जनताका सवाल भन्दापनि निहित स्वार्थमा परेर जनचाहना विपरित काम गरेको आरोप गाउँसभा सदस्यहरुको आरोप छ ।
आर्थिक वर्षको अन्त्यसम्म पनि नकुरी वर्षको विचमा गाउँपालिका अनुदानमा राखिएका ४१ जना शिक्षकहरु निस्काशन गर्न खोजिएपछि शिक्षकहरु समेत ज्ञापनपत्र लिएर गाउँसभा अगाडी धर्नामा बसेका हुन् ।
गाउँपालिका अनुदान र करारका शिक्षकहरु हटाउने हो भने सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का रेवती आधारभुत विद्यालय , महाकाली आधारभुत विद्यालय लगायतका विद्यालयहरु बन्द हुने अवस्था भएकोले पालिका अनुदानका शिक्षकहरुलाई हटाउन नहुने वडा अध्यक्ष देबबहादुर पुलामीले बताउनुभयो ।
गाउँपालिकामा बजेट अभाव भनिएको भएपनि राजश्वको रुपमा पिपलटार आदमटारसडक निर्माणको क्रममा उत्खनन गरिएको १ हजार ६ सय ८१ टिप वालुवाको राजश्व बापतको रकम पालिकामा जम्मा नभएकोले सो सोरकम जम्मा गर्नु पर्ने माग गर्दै आएको गाउँसभा सदस्य बेधनिधि पाठकको भनाइ छ ।
गाउँपालिकाले सडक मर्मतकोसमयमा उत्खनन गरि निकासी गरिएको बालुवाको प्रतिटिप १ हजार ५० का दरले पालिकाले लिने निर्णय गरिएको थियो ।
गाउँपालिकामा भर्ना गरिएका करारका कर्मचारी निस्काशन गरेर आफ्ना कार्यकर्ताराख्न खोजिएको, पुराना क्रमागत योजनाहरुलाई वेवास्ता गरि नयाँ योजना गाउँसभाभन्दा बाहिरबाट ल्याउर अनुमोदन गर्न खोजेको, पालिका ऐनहरु छलफल बिना नै गाउँसभामा पेश गर्न लागिएपछि आफूहरुले बहिस्कार गरेको वडा अध्यक्ष झकबहादुर थापाले बताउनुभयो ।
माग सम्बोधन गर्नर शुसासन कायम गर्न गाउँ पालिका अध्यक्ष परशुराम खतिवडालाई यस अघि नेकपा एमालेले पटक पटक ज्ञापन पत्र बुझाएको, छलफल गरिएको भएपनि शुशासन लगायतका विषयमा पालिका अध्यक्षले बेवास्ता गर्दै आएको एमालेका नेता एवं पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष खतिवडाले मिलाएर सबैलाई लान खोजेको तर वहाँहरु गाउँसभामा प्रवेश नगरेको बताउँदै सभामा सहभागि भएर आफ्नोकुरा राख्न अनुरोध गरिएको बताउनुभयो ।
अनियमितता नराेकिए, विनाकारण कर्मचारी र शिक्षक निकालिएमा नेकपा एमाले सिद्धलेकले ज्ञापनपत्र बुझाएर आन्दाेलनकाे चेतावनी दिएकाे छ ।
–––

प्रतिक्रिया