अाेङगुलमा एमालेकाे सभा, जनताकाे काम एमालेले गरिरहने नेताहरुकाे उद्घाेष

  सम्पादक |

– गीता खनाल
धादिङ (अाेङ्गुल) /
नेकपा एमालेका केन्द्रीय सदस्य रुप नारायण श्रेष्ठले निर्वाचनमा प्राविधिक रुपमा हारेपनि एमालेसंग जनता भएकाेले जनतासंग एमाले रहिरहने बताउनुभएकाे छ ।
नेकपा एमाले खनियाबास गाउँपालिका वडा नम्बर १ अाेंगुलमा अायाेजित वडा स्तरिय कार्यकता भेला तथा सभालाई मंगलबार सम्बाेधन गर्दै श्रेष्ठले जनताकाे लागि विकासका काम गर्दा गर्दै एमालेलाई पाखा लगाईएकाे भएपनि एमाले जनताकाे साथमा रहेर जनताकाे काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
वर्तमान सरकार सत्ता स्वार्थमा बनेकाेले याे सरकार छिट्टै ढल्ने संकेत गर्दै नीति कार्यक्रम र बजेट जनताकाे पक्षमा ल्याउन नसक्ने श्रेष्ठको दावी छ ।
मिसन ग्रासरुट अभियान अन्तरगत गणेशहिमालकाे काखमा पुगेर जनताकाे समस्यामा सल्लह गर्न पुगेका एमाले नेताहरु गाउमा अाएपछि गाउँ बासीले स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जनताकाे बिचमा एमाले जित हार जे भएपनि साथमा रहने बताउनुभयाे ।
झार्लाङकाे विकास र समृद्धि एमालेले गर्न थालेकाे र अब एमालेले नै जनताकाे विकास काम गर्नेभएकाेले एमाले कार्यकर्ताहरुलाई जनतासंग विकासका काममा लाग्न निर्देशन गर्नुभयाे ।
नेकपा एमाले जिल्ला उपसचिव राधिका सापकाेटाले अार्थिक विकासमा सहभागी हुन अाग्रह गर्दै महिलाहरुलाई राजनितिमा अाउन अाग्रह गर्नुभयाे ।
कार्यक्रमलाई एमाले जिल्ला सदस्य ईमान तामाङ, खनियाबास अध्यक्ष पन्त तामाङले सम्बाेधन गर्नुभयाे ।

प्रतिक्रिया