९ वर्षपछि बलात्कार मुद्दामा ६ वर्ष कैदको फैसला

  सम्पादक |

सीताराम अधिकारी
धादिङ, १० जेठ
अदालतले २ वर्ष भन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाई गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि ९ वर्षसम्म समय लागेको छ।७९ वर्षीय महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका–५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई जिल्ला अदालतले ६ वर्ष कैद गर्ने फैसला गरेको छ ।धादिङ जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले मंगलबार तामाङलाई ६ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो ।

जिल्ला अदालतले बलात्कार गर्नेलार्ई ६ वर्ष जेल सजाय पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा १ हजार २ सय रकम तिर्नुपर्ने अन्तिम फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो।१८ औँ पेसीमा मुद्दा फैसला भएको देखिन्छ ।०७० चैत ३ गते तत्कालिन अवस्थामा ७० वर्षीया महिलालाई बलात्कार गरेका आरोपित विरुद्ध पीडित पक्षले ०७१ बैशाख ४ गते सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।

पीडित पक्षले उजुरी दिएपनि आरोपित फरार भएका कारण ०७१ मंसिर १०गतबाट मुद्दालाई मुल्तवीमा राखिएको थियो।हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ । लामो समय मुल्तबीमा रहेकोमुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो ।घटनामा संलग्न तामाङ हाल पनि फरार छन्।

प्रतिक्रिया