धादिङमा अनेरास्ववियुले सुरु गर्याे स्वयंसेवकिय कक्षा सञ्चालन अभियान

  सम्पादक |

नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धादिङले स्वयंसेवकिय कक्षा सञ्चालन अभियान सुरु गरेको छ।

अनेरास्ववियुको नेताले महिनाको एक दिन विद्यालयमा अनिवार्य स्वयंसेवी कक्षा लिनु पर्ने केन्द्रको सर्कुलर अनुसार बुधबार देखि धादिङमा सुरु गरेको जिल्ला सहसचिव गगन सिंह बस्नेतले बताए।बस्नेतले बुधबार धादिङको भैरवि माविमा कक्षा सञ्चालन गर्दै सहसचिव बस्नेतले यस्तो बताएका थिय।

हिजो बिहिबार धुनिबेशि नगरपालिका वडा नं.५ भुवनेश्वरी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई जिल्ला कमिटी धादिङको कोषाध्यक्ष सबिन नेपाल र सहसचिव उज्ज्वल केसीले कक्षा सञ्चालन गर्नुभएको हो ।यस्तो शिक्षाले विद्यार्थीहरु सँग विद्यालय प्रशासनका वारे केही शैक्षिक गतिविधिका बारे बुझ्ने अवसर पाइने उज्वल केसीले वताए।

प्रतिक्रिया