नेपाल प्रेस युनियन धादिङको जिम्मेदवारी सन्तोषराज श्रेष्ठले सम्हाल्ने भएका छन् ।
आज (बिहीबार) युनियन धादिङको नवौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएसँगै श्रेष्ठले जिम्मेदवारी सम्हाल्ने भएका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्रमुख आतिथ्यता त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा सम्पन्न नवौं अधिवेशनले सन्तोषराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
युनियनको दुई कार्यकाल अध्यक्ष बनेका पोषनाथ अधिकारीको सभापतित्वमा भएको अधिवेशनले उपाध्यक्ष खुल्लामा सन्तोष अधिकारी, उपाध्यक्ष समावेसीमा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटालाई चयन गरेको छ । अधिवेशनमा सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषोत्तम ढुङ्गाना, अनिल आचार्य सदस्यमा चयन भएका छन् ।
अधिवेशनको अवसरमा प्रेस युनियनले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो । रक्तदान कार्यक्रममा ३४ पुरुष ८ महिला गरी ४२ जनाले रक्तदान गरेका थिए ।
प्रतिक्रिया