बजारमा नक्कली उत्पादनको बिगबिगी : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पनि संलग्न

  सम्पादक |

१८ असार, काठमाडौं । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले ‘१७ जेठ २०७८ मा बजार अनुगमन गर्दा भेटिएको विकृति’ भन्दै एउटा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरे । ‘आज एउटै पसलमा यी ब्रान्ड देखिए । म त छक्क ! तपाईं के भन्नुहुन्छ ?’ चिसो पेय पदार्थहरू भुइँमा थुपारिएको फोटोमा क्याप्सन लेख्दै उपाध्यायले धादिङ सल्यानटारको बजारमा ती वस्तु भेटिएको उल्लेख गरेका छन् ।

झट्ट हेर्दा उपाध्यायको फोटोमा कोक, फेन्टा, माउन्टेन ड्यु, फ्रुटी, मिरिन्डा देख्न सकिन्छ । १७ जेठको उक्त फेसबुक पोस्टलाई थप स्पष्ट पार्दै सहायक प्रजिअ उपाध्यायले १८ जेठमा फेसबुकमै अर्को स्टाटस लेखे ।

उनले लेखेका छन्, ‘यसअघि कहिल्यै नदेखेका पेय पदार्थ सल्यानटारमा मैले भेटें । बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नाम मात्रै हैन, रङ, डिजाइन, लेबल समेत झुक्किने गरी उत्पादन गरिएका पेय पदार्थहरू, त्यो पनि गाउँगाउँमा देख्दा छक्कै परें ।’

प्रतिक्रिया