काठमाण्डौ – अर्थमन्त्री डा। प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् ।
आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा आयोजना हुने तय भएको तेस्रो लगानी सम्मेलनबारे आज सोमवार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री महतले भने , ‘नेपालमा धेरै माग छ, आपूर्ति कम छ । त्यस कारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्बर क्षेत्र हुन् ।’
लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा आफू लागेको अर्थमन्त्री महतको भनाइ छ । ‘साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र छन् । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ’, उनले भने ।
प्रतिक्रिया