सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक छ : प्रधानमन्त्री प्रचण्ड

  सम्पादक |

काठमाण्डौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक रहेको बताएका छन् । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।

उनले ७ सय ५३ वटै पालिकाको अवस्था हेर्दा विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताएको छ । उनले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिन जोड दिए।

यस्तै, प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देखेको छ भन्दै प्रश्न गरेको छ । उनले आफू काठमाण्डौको फोहर व्यवस्थापनलगायतका कुरामा सकारात्मक रहेको दाबी समेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर शाहलाई प्रश्न गरेको थियो ।

प्रतिक्रिया