धादिङ रैथाने खाना तथा कृषि पर्यटन महाेत्सव चौथो दिनसम्म पनि सुनसान

  सम्पादक |

गजुरी/धादिङ
गजुरी गाउँपालिकाको गलौंदी स्थित त्रिशूली नदी किनारमा चैत १४ गते देखि धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सञ्चालन भईरहेको छ ।चैत १४ गते वागमती प्रदेशका पूर्व मुख्य मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नु भएको महोत्सव चौथो दिन सम्म पनि दर्शकको सहभागिता न्यून र महाेसत्व सुनसान पुगेको छ।

जिल्ला होटल संघ धादिङको आयोजनामा भएको यो महोत्सवको संरक्षकमा गजुरी गाउँपालिका रहेको छ । नाम सुन्दा महोत्सव स्थल भित्र पक्कै पनि धादिङ जिल्लाका विभिन्न जाती समुदायका खानाका परिकार र जिल्ला भित्रको कृषि उत्पादन र वजारीकरणलाई टेवा पुग्ने प्रदर्शनीहरु राखिएको हुनुपर्छ भन्ने लाग्नु स्वभाविक हो ।तर त्यस्तो रहेन
महोत्सव स्थलमा न त कुनै स्थानीय खानाका परिकार देख्न पाईन्छ न त कृषि सम्वन्धी कुनै प्रदर्शनी लज्जास्पद त के छ भने महोत्सव स्थलमा कृषिका नाममा एउटा मकैको बोट, एउटा लसुनको बोट र बाल्टिनमा फलाईएको बन्दा बाहेक त्यहाँ भित्र कृषिसंग सम्वन्धित कुनै सामाग्री प्रदर्शनीमा देख्न पाईदैन ।

मेला महोत्सवको नाममा यति धेरै लज्जास्पद अबस्था किन आयो सोच्ने बेला भएको छ । एक सयको हाराहारीमा रहेका स्टलमा अधिंकाश खाली देखिन्छन् । महोत्सवको नाममा न स्थानीय सहभागिता, न कुनै उत्साह, स्टेज वरिपरी २०/२५ जना भन्दा बढी दर्शक देखिंदैनन,देखिएकामा पनि १० जना जति सुरक्षाकर्मीहरुनै छन ।महोत्सवका नाममा जुवा खेलाउने, मदिराको खुलेआम बिक्री वितरण गर्ने, छाडा गित नृत्य प्रस्तुत गर्ने कार्यले बढावा पाउने गरेको छ ।जिल्ला भित्र संचालित कुनै पनि महोत्सवले आर्थिक सम्बृद्धि र स्वरोजगारका आधार र कृषि र पर्यटन प्रवद्र्धनमा खासै योगदान दिन सकेका छैनन् ।

मेला महोत्सवको मौलिकता जोगाउँदै सबैको सहभागिता र आकर्षण दिने गरी निश्चित समयमा महोत्सतवहरु आयोजना हुन सकेन भने अहिले गलौंदी खेल मैदानमा आयोजना भएको नाम मात्रको महोत्सवको हविगत हुने निश्चित छ ।जिल्लाभरका होटल व्यवसायीहरुको छाता संगठनले महोत्सवको आयोजना गर्दा जिल्ला भित्रका कुनै होटल सहभागि नहुनु,रैथाने खानाको प्रचार गरेर महोत्सवमा केही नभेटिनु कृषि व्यापारको नाममा एउटा मकैको बोट प्रदर्शनीमा राखिनु लज्जास्पद अवस्था हो । यस्ता गतिविधिले आगामी दिनमा महोत्सवको लोकप्रियता अन्त्य हुने निश्चित छ ।

प्रतिक्रिया

preload imagepreload image