प्रथम नेपाल फेस्टिवल कान्साईको तयारी अन्तिम चरणमा:राजदुत डा.सुवेदीले उद्घाटन गर्ने

  तपाईंको न्यूज |

९ बैशाख २०८२, मंगलवार ०५:०८

ओसाका/जापान
प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ जापानको ओसाकामा हुने भएको छ।”नेपाल र नेपालीको जापानमा पहिचान,नेपाल फेस्टिवलमार्फत नेपालमा प्रर्यटन प्रवर्द्धन”भन्ने मूल मान्यताका साथ नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साई क्षेत्रमा सक्रिय संघ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले यहि २०२५ अप्रिल २६ र २७ तारिखका दिन “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” जापानको ओसाकामा हुन लागेको हो।

फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको मुलआयोजक समिति सदस्य शकर भुसालले तपाईंको न्यूजलाई बताए।फेस्टिवलको मुल आयोजक समिति संयाेजक कृष्ण गैरे छन्।भने व्यवस्थापन समिति संयाेजक नरेन्द्र कुमार बस्नेत छन्।प्रथम नेपाली फेस्टिवल कान्साईको २६ तारिक जापानको लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदीले उद्घाटन गर्ने भएका छन्।

प्रतिक्रिया