काठमाडौं
शिक्षक आन्दोलनमा भाईरल बनेका होमराज पौडेल सरकारी विद्यालयको शिक्षक नै नभएको खुलासा भएको छ।ललितपुरको एउटा निजी विद्यालयमा पढाउदै आएका शिक्षक होमराज पौडेल अघिल्लो शिक्षक आन्दोलनदेखि नाच्ने शैलीले गर्दा चर्चामा थिय। आफु निजी विद्यालयको शिक्षक भए पनि अहिले भइरहेको आन्दोलनमा सरकारी शिक्षकहरूलाई साथ दिन गएको बताएका छन्।
पौडेल भन्छन् “आन्दोलनमा म मनोरञ्जनका लागि गएको हैन।उहाँहरू सामुदायिक विद्यालयका शिक्षक हुनुहुन्छ,म निजी विद्यालयको शिक्षक भए हाम्रो पेशा एउटै भयो, व्यथा एउटै भयो।”
प्रतिक्रिया