आज एमालेको काठमाडौंमा युथ सेलिब्रेसन:एक लाख युवा सहभागी हुने

  तपाईंको न्यूज |

१० बैशाख २०८२, बुधबार २२:२५

काठमाडौं
नेकपा एमालेले आज लोकतन्त्र दिवसको दिन काठमाडौंमा युथ सेलिब्रेसन गर्ने भएको छ।दिउँसो १ बजे जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिने युथ सेलिब्रेसनको तयारी पूरा भएको र १ लाख युवा सहभागी हुने हिजो पत्रकार सम्मेलन मार्फत युवा संघ अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका छन्।

कार्यक्रम पूर्णरुपमा युवामैत्री हुने र पार्टीको तर्फबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मात्र संक्षिप्त शुभकामना मन्तव्य राख्ने कार्यक्रम तयार भएको एमाले स्रोतले बताएको छ। बाँकी सबै वक्ता युवाहरू रहेका छन्।

एमाले नेता माधब ढुङ्गेलले भने कार्यक्रमलाई प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल लगायतका युवाहरूले आफ्नो धारणा राख्ने छन्।‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन्, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुन्छन्, कार्यक्रममा युवाहरूले पाकाहरूलाई छपक्कै छोप्ने छन्’।

प्रतिक्रिया