धादिङ समाज जापान नागाेयाको तेस्रो क्षेत्रीय अधिवेशन जेठ १० गते २४ तारिक हुने

  तपाईंको न्यूज |

११ बैशाख २०८२, बिहीबार ०२:०१

नागोया/जापान
धादिङ समाज जापान नागोयाको क्षेत्रीय अधिवेशन जेठ १० गते अर्थात् आउदाे २४ तारिक हुने भएको छ।धादिङ समाज जापानले एक सुचना जारी गर्दै आउदाे महिनाको मे २४ तारिक शनिबार क्षेत्रीय समितिको तेस्रो अधिवेशन हुने बताएको छ।अधिवेशन दैलो रेष्टुरेन्टमा जापानी समय अनुसार दिउँसो २ बजेबाट सुरु हुने नागाेया क्षेत्रीय समितिले जानकारी दिएको छ।

धादिङ स्थाई ठेगाना भई हाल अध्ययन र पेशा ब्यबसायले नागाेया क्षेत्रमा बसोबास गर्दै आएका धादिङ बासिलाई उपस्थिति हुन धादिङ समाज जापानले सुचना जारी समेत गरेको छ।

प्रतिक्रिया