नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिलेको राजनीतिक परिवेशमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको सम्भावना नदेखिएको बताएका छन्।
आज शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले बाहिरी चर्चा र अड्कलहरू चले पनि वस्तुगतरूपमा हेर्दा सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार चाँडै नै ढल्ने बताइरहँदा महासचिव गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रतिक्रिया