काठमााडौं
राष्ट्रिय युवा परिषद्मा धादिङका विकास अधिकारी सहित ९ जना सदस्य मनोनीत भएका छन् ।अधिकारी धादिङको गजुरी गाउँपालिका वडा नं.७ साविक किराञ्चाेक गाविसका हुन्।उनी नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय युवाको रूपमा परिचित छन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको सिफारिसमा ९ जना सदस्य मनोनीत गरेका हुन् ।मन्त्रालयले विभिन्न युवाको क्षेत्रमा क्रियालिश २५ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार १६ जना रिक्त सदस्य मध्ये ९ जना मनोनीत गर्दै शुक्रबार पद तथा गोपनियताको सपथ पनि मन्त्रालयले गराएको छ ।
परिषद्मा यस अघि ९ जना सदस्य पदमा बहाल रहेका छन् । अब ६ जना सदस्य मात्रै मनोनीत गर्न बाँकी रहेको मन्त्रायले जनाएको छ ।मन्त्रालयमा मनोनीत भएर शुक्रबार पद तथा गोपनियताको सपथ गर्ने ९ जनामा ८ जना काँग्रेस निकटका सदस्य नियुक्त भएका छन् भने एक जना मात्रै नेकपा (एमाले) निकटबाट नियुक्त भएका छन् ।काँग्रेस निकट नियुक्त हुनेमा नेविसंघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल सहित बिमला मल्ल, विकास अधिकारी, अधिराज रेग्मी, शुनिल शिवाकोटी, अर्णव चौधरी, राजकिशोरकुमार यादव र मोहम्मत मोजरे आलम रहेका छन् भने एमाले निकटबाट अनेरास्ववियु केन्द्रीय सदस्य तथा जेसिज दैलेखका अध्यक्ष प्रतिमा खड्का मात्रै रहेकी छन्।
प्रतिक्रिया