त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड बैशाख २२ गते सोमबारदेखि वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ। सवारीसाधनहरूलाई आंशिक रूपमा रोकेर निर्माणको काम गरिने नागढुंगा मुग्लिन सडक योजना कार्यालयले जनाएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनहरूलाई राति नागढुंगा चेकपोष्टमा रोकिनेछ।त्यस्तै नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ।साना तथा मझौला सवारीसाधनहरूका लागि भने वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरिएको छ । सीतापाइला भिमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सकिने बताइएको छ ।
त्यस्तै वैकल्पिक बाटोको रूपमा सामाखुसी टोखा गुर्जेभञ्ज्याङ छहरे त्रिशुली गल्छी सडक हुँदै जान सकिने छ । राति ११ बजेतिर सवारीसाधनलाई रोकेर बिहान ३ बजेपछि मात्रै छाडिनेछ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा संचालन हुने योजना कार्यालयले जनाएको छ ।नागढुंगा मुग्लिन सडक योजना (पुर्वी खण्ड) कार्यालयले सूचना जारी गरेको छ । ओभरट्याक नगरि बन्दको समयमा नियम पालना गरि दिन समेत कार्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया