धादिङ गजुरीका चुडामणि कडेल हत्या प्रकरणको नालिबेलि खुल्यो: ३ जना पक्राउ जसलाई श्रीमती मार्न सुपारी दिए:उनैबाट मारिए चुडामणि कडेल

  तपाईंको न्यूज |

२१ बैशाख २०८२, आईतवार १०:०१

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिकावडा नम्बर २ डुँडेठाँटी बस्ने ६० वर्षीय चुडामणि कँडेलको हत्या प्रकरणको नालिबेलि खुलेको छ।कडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन् ।

आज जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गर्दै मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबिच सम्बन्ध राम्रो नभएको यसैबिच कँडेलले २०८१ असाेज देखि बार्षिक रूपमा घरबारी १ लाख पन्ध्र हजारमा सम्झौता गरि बस्दै आएका अक्कल बहादुर प्रजालाई आफ्नी श्रीमतीलाई मार्ने योजना बनाएर उनले यसका लागि २०८१ पुस महिनामा नै अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिएको र प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएको,उनीहरूले सुस्मितालाई मार्न ४ पटक सम्म प्रयास पनि गरे । तर, उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाएको र काम नभए पैसा फिर्ता गर्नुपर्ने बताए ।
मृतक कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरेको खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए।उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

प्रतिक्रिया