धादिङ
धादिङमा माओबादी सङ्ग एक्लै चुनाव लड्न एमालेलाई शालिकराम जम्कटेलले चुनौती दिएका छन्।वागमती प्रदेशका निर्वतमान मुख्य मन्त्री जम्कटेलले गजुरी गाउँपालिकाको वाईसीएल भेलालाई सम्बाेधन गर्ने क्रममा धादिङमा कहाँ छ एमाले?स्ववियु चुनाव पनि एक्लै लड्न नसक्ने एमालेको कुरा के गर्नु, सक्छौं भने एक्लै चुनाव लड्न आउ भन्दै चुनौती दिएका छन्।
पूर्व एमाले अध्यक्ष माधब नेपालले पार्टी फुटाएर नेकपा एस गठन गरे सङ्गै धादिङ एमालेका संस्थापक राजेन्द्रप्रसाद पाण्डे,गुरुप्रसाद बुर्लाकाेटि,गंगालाल तुलाधर लगायतका नेता नै नेकपा एस तिर लागे पछि धादिङमा एमाले कमजोर बनेको छ।अहिले भएको एमाले पनि चरम गुटबन्दिमा लागेर एमाले धादिङमा ओरालो यात्रामा छ।
प्रतिक्रिया