मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय भुमेस्थान धादिङमा बार्षिक केन्द्र प्रमुख गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । अनुगमन कार्यालय बट्टार नुवाकाेटका अनुगमन अधिकृत रबिन्द्र प्रसाद कडेल ज्युकाे प्रमुख आतिथ्य तथा थाक्रे गाउँपालिका वडा नं २ का वडाध्यक्ष टिकाराम तामाङ ज्युकाे विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा करिब ८० भन्दा धेरै केन्द्रहरुबाट सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा सम्पती तथा बचतमा हुने जोखीम तथा न्यूनिकरण, केन्द्र गुणस्तर, बचत तथा कर्जाको महत्व लगायतका विषयमा छलफल भएको छ।
त्यस्तै कर्जा र बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु,कर्जा सदुपयोगिता र महत्व, डिजिटल बैंकिङ भुक्तानी, संस्थाको नीतिनियम र सेवासुबिधा, एसएमएस सेवा र यसको प्रयोगबारे पनि जानकारी गराइएको शाखा प्रमुख दिनेश दाहालले जानकारी दिनुभएको छ । कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनको आधारमा प्रथम , दोश्रो र तेस्रो गरि पुरस्कार समेत प्रदान गरिएको छ ।
मेरोमाईक्रो फाइनान्स लघुवित्तको यस शाखाले धादिङ जिल्लाको थाक्रे,धुनिबेसी,गल्छी,बेनिघाट रोराङ ,सिद्धलेक गाउँपालिकाको दुरदराजसम्मका आम नागरिकलाई सहज र छरितो ढंगबाट सेवा प्रदान गर्दै आएको छ । शाखा प्रमुख दाहाल भन्छन्–‘पछिल्लो समय धादिङका जनताको मन जित्न सफल त भएको छ नै वित्तीय चपेटामा परेका आम मानिसको सहयोगी पनि बनेको छ।
प्रतिक्रिया