नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले हवल्दारलाई लगाए चड्कन(भिडियो)
काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई चड्कन लगाएका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले बताएको छ।
कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको बताउछन्।
प्रतिक्रिया