काठमाडौं
प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुगेकाे छ ।फरार एक जना रहेका छन् । टेरामक्स खरिद प्रकरणमा आज नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन जना पुगेकाे हाे ।
फौजदारी अभियोगमा मुद्दा दायर भएपछि यसअघि नेकपा एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछाने निलम्बनमा छन् ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत फरार छिन्।
प्रतिक्रिया