“भुइँमान्छे”पुस्तकको चर्चा गर्न धादिङको स्यादुल पुगिन् लेखक डा.बिन्दा पाण्डे

  तपाईंको न्यूज |

२ जेष्ठ २०८२, शुक्रबार १२:२२

स्यादुल/धादिङ
“भुइँमान्छे”पुस्तकको चर्चा गर्न लेखक डाक्टर बिन्दा पाण्डे धादिङको स्यादुल पुगेकि छिन्।बिहीबार तत्कालीन भुमिगत कालमा एमालेको पार्टी काम गर्नु भएका नेताहरू युवराज कार्की, सुरेश कार्की र नरनाथ लुईटेल समेतलाई लिएर स्यादुल पुगेकि हुन्।

भुमिगत कालमा एमालेको २०४४ पौष ४ गते बाट ७ दिन सम्म केन्द्रीय कमिटीको बैठक समेत बसेको धादिङको स्यादुल गाउँ आफैमा ऐतिहासिक छ।सोही समयको सन्दर्भ समेत उक्त पुस्तकमा चर्चा समेत गरिएको छ।ईतिहासलाई सम्झाउने र सम्मान गर्ने, भबिष्यलाई आशाबादी बनाउने र नयाँ पुस्तालाई कम्युनिष्ट आन्दोलनको वारेमा जानकारी गराउने एउटा महत्त्वपूर्ण कृति ‘भुइँमान्छे’ पुस्तक अहिले चर्चामा रहेको युवा नेता सन्जिब पाण्डे बताउँछन्।

भुइँमान्छेका लेखक विन्दा पाण्डेले भूमिगत आन्दोलनकाे समयमा आफ्ना सन्तानकाे गाँस काटेर खुवाएका र आफ्नाे जीवन नै जाेखिममा राखेर सहयाेग गरेका व्यक्तिहरूकाे याेगदानलाई राजनीतिक इतिहासकाे दस्तावेजमा समेट्न नसक्नु दुखद् रहेकाे बताउनुभयाे।

भुइँमान्छेका कथा भन्ने क्रममा उहाँ स्वयं पटक-पटक भावुक समेत बन्नुभयाे।पुस्तक लेख्नुअघि र अहिले पुस्तक वितरण गर्ने क्रममा उहाँले ती भुइँमान्छेसँग प्रत्यक्ष भेटिरहँदा ती व्यक्तिहरूका ठूला चाहना र आकांक्षा नभएपनि आफुले आश्रय दिएर बचाएका व्यक्तिहरू ठूलाे पदमा पुगेपछि विर्सिएकाेमा दुख मानेकाे बताउनुभयाे ।भूमिगत नेता, कार्यकर्ताका लागि आश्रयस्थल, खाना र सुरक्षा दिने आश्रयदातामध्ये केही प्रतिनिधि पात्रहरूबारे चर्चा गरेर लेखिएको पुस्तक आफैमा महत्वपूर्ण छ।

प्रतिक्रिया