प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबिचको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल।

  तपाईंको न्यूज |

६ जेष्ठ २०८२, मंगलवार ०७:१४

२०८२ जेठ ६,धादिङ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईंले भने, ‘हिजो नै भेट्ने कार्यक्रम थियो । तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो ।’ बजगाईंले यो भेट नियमित भएको बताएका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको हो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको थियो।

प्रतिक्रिया