टोकियो/जापान
जापानका कृषि मन्त्रीले राजिनामा दिएका छन् ।समर्थनहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषि मन्त्रीले पदबाट राजीनामा दिएका हुन्।
जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए ।आलोचनामा परेका मन्त्री एतोले बुधबार राजीनामा दिएका हुन्।
पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ।नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो ।
प्रतिक्रिया