नागोया/जापान
धादिङ समाज जापान नागोया क्षेत्रीय समितिको तेस्रो अधिवेशन हिजो शनिबार नागोयामा सम्पन्न भएको छ।अधिवेशनले सन्तोष भुजेललाई निर्विरोध संयोजकमा निर्वाचित गरेको छ।भुजेलको संयोजकत्वमा १३ सदस्यीय धादिङ समाज जापाज नागोया क्षेत्रीय समिति निर्माण गरिएको हो।निर्मला तिमल्सिना सिग्देलको अध्यक्षतामा भएको तेस्रो अधिवेशनमा”धादिङ समाज जापानको अध्यक्ष बिमल श्रेष्ठ,समाजको केन्द्रीय संरक्षक राजकुमार अधिकारी,एनआरएनए एसिया प्यासिफिक उपसंयोजक दिपक कार्की,तकाई बाटिका अध्यक्ष डाक्टर सुदिप अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियोे।
समाजको तेस्रो क्षेत्रीय अधिवेशनले सन्ताेष भुजेल संयोजक,सह-संयोजक दोय रमेश कुमार श्रेष्ठ,अमृत कडेल,सचिव राजकुमार गुरुङ,सहसचिव,सुजना श्रेष्ठ,कोषाध्यक्ष विशाल खतिवडा,सहकोषाध्यक्ष कुशल ठकुरी ,सदस्यहरु राजु श्रेष्ठ,प्रकाश मगर,राजेन्द्र कार्की,विजय विष्ट,सुमन विष्ट,विज्ञान तामाङलाई निर्विरोध निर्वाचित गरेको धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले तपाईंको न्यूजलाई बताएका छन्।
प्रतिक्रिया