प्रतापसिंह तामाङ बने अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्ष

  तपाईंको न्यूज |

१० जेष्ठ २०८२, शनिबार २३:१७

धादिङ
प्रतापसिंह तामाङ अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्ष बनेका छन्।शनिबार धादिङबेशीमा भएको महासंघको दोस्रो जिल्ला सम्मेलनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।नव गठित कार्यसमितिको उपाध्यक्षमा विदुर अर्याल र दिपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ चयन हुनुभएको छ।

महासंघका केन्द्रीय महासचिव अन्जन धमलाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्यता रहेको थियो।माओवादी धादिङका जिल्ला संयोजक मनराज भण्डारी, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया