ओसाका/जापान
धादिङ जिल्ला घर भई जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था धादिङ समाज जापान क्षेत्रीय समिति कान्साईको दोस्रो अधिवेशन हिजो आईतबार ओसाकामा भव्य रूपमा सम्पन्न भएको छ। दोस्रो अधिवेशनले विकास अधिकारीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन समेत गरेको छ।समाजको वर्तमान संयोजक दिपक भण्डारीको अध्यक्षतामा भएको अधिवेशनको,धादिङ समाज जापानको अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियोे।
अधिवेशनमा विशिष्ट अतिथिका रूपमा कृष्ण शर्मा गैरे, नरेन्द्र कुमार बस्नेत र श्याम ‘शितल’ श्रेष्ठको उपस्थिति रहेको थियो।यसका साथै जापानको कान्साई क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरूका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको।वर्तमान संयोजक भण्डारीले बताएका छन्l
नवगठित समितिमा विकास अधिकारी संयोजकका रूपमा निर्बिरोध चयन भएका हुन्। सह-संयोजक दोय सन्तोष धिताल र विशु गैरे,सचिव हरिशरण अर्याल,सहसचिव कपिल इटनी, कोषाध्यक्ष रामकुमार सुवेदी,सह- कोषाध्यक्षमा सुदिप रिमाल चयन भएका छन् भने सदस्यहरूमा जानुका सुवेदी,सागर तामाङ,नारायण अधिकारी, सुजन रिमाल,राम बानियाँ र लक्ष्मी जिसी अर्याल चयन भएको बर्तमान संयोजक भण्डारीले तपाईंको न्यूजलाई जानकारी दिनुभयो।
कार्यक्रममा धादिङ समाज जापानको वरिष्ठ उपाध्यक्ष विजय सडौला,महासचिव सुशान्त बानियाँ, सचिवहरू दीपक बिष्ट र सरोज गिरी, तथा सदस्यहरू सुनिल जमरकट्टेल र भीमसेन कुँवरको पनि उपस्थित रहेको थियो।
यस अधिवेशनले जापानमा बसोबास गर्ने धादिङवासी नेपालीहरूलाई अझ मजबुत र सशक्त ढंगले अगाडि बढाउने लक्ष्य लिएको छ।
प्रतिक्रिया