पोखरा
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ताप्लेजुङका क्षितिज थेवे निर्वाचित भएका छन्।हिजो मंगलबार सम्पन्न मतगणना परिणाम अनुसार बर्तमान अध्यक्ष थेवेको प्रतिस्पर्धामा रहनुभएका बर्तमान महासचिव सुमन पुरीलाई १ सय ९८ मतको अन्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो।
निर्वाचनमा १४ सय ४ मत खसेको थियो। जसमध्ये थेवेले ७ सय ९६ मत पाएका थिय भने पुरीले ६ सय ८ मत पाएका थिय।पोखरा सभागृहमा हिजो सम्पन्न भएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन्। पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो।
प्रतिक्रिया