हेटौंडा
बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ जना सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको समितिमा २ सदस्य थप गर्ने निर्णय सहित मन्त्रीपरिषद्ले नियुक्त गरेको हो ।
मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।स्रोतका अनुसार ६ सदस्यीय समितिमा तत्कालीन सरकारले ३ जनालाई नियुक्त गरेको थियो भने एक महिला अनिवार्य गरेकाले हाल २ सदस्य नियुक्त गरिएको हो । विज्ञताका आधारमा एक जना चार्टड एकाउण्टेण्टलाई नियुक्त गर्न बाँकी रहेको छ।
प्रदेश सरकारको २०८० पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८२ को १ बमोजिम समिति गठन गरी ३ जना सदस्य नियुक्त गरिएको थियो । समितिलाई प्रदेश सहकारी ऐन २०७६ को दफा ८३ बमोजिमको काम, कर्तव्य र अधिकार रहने व्यवस्था छ । व्यवस्था अनुसार समितिले समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने अधिकार हुन्छ।
प्रतिक्रिया