पत्रकार महासंघ बागमतीको आयोजनामा सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया

  तपाईंको न्यूज |

१४ जेष्ठ २०८२, बुधबार ०७:३४

हेटौंडा
सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो ।कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको बताउँदै खोजमुलक पत्रकारितामा ध्यान दिनु आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कोष लेखा नियन्त्रक हरी उपाध्यायले लेखा सम्बन्धी र संस्कृती तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज बागमती प्रदेशका अध्यक्ष युुवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया