नेपाली राजदूतावास जापानको भवन बनाउन मन्त्री गुरुङको चासो:योजना पठाउन राजदूतलाई आग्रह

  तपाईंको न्यूज |

१६ जेष्ठ २०८२, शुक्रबार ०९:४३

टोकियो/जापान
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली राजदूतावास जापानको टोकियोमा भवन बनाउने बिषयमा चासो व्यक्त गरेका छन्।
टोकियोमा विहिबार आयोजित भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव समेत रहनु भएका मन्त्री गुरुङले प्रक्रियागत रूपमा भवन निर्माणको लागि जंगा र लागत पठाउन राजदूतमार्फत आग्रह गर्नु भएको हो।

स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै नेपाली दूतावास जापानको भवन बनाउन जंगा र भवन निर्माणको लागि लागत बजेट सहित ठोस योजना पठाउन राजदूत समक्ष आग्रह गर्नु भएको छ । एशिया फ्याशिफ़िक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन जापानको टोकियोमा आईपुग्नु भएका मन्त्री गुरुंगले भवन निर्माण सहित जापानको नेपाली समुदाय र दूतावासको वस्तुस्थिति प्रधानमन्त्रीलाई जानकारी गराउने समेत जानकारी दिनुभयो ।

प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षतामा भएको कार्यक्रम जापानका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, प्रवासी नेपाली मंच जापान इंचार्ज सुरेश केसी, सल्लाहकार डा. राम गिरी एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे, नेपाल पत्रकार महासंघ जापानशाखाका अध्यक्ष शान्त पहरी, नेफिन जापानका अध्यक्ष श्री गुरुंग लगायतले शुभकामना दिएका थिए।

प्रतिक्रिया