जापानमा सरकारले रेष्टुरेन्ट र विद्यालयलाई सस्तोमा चामल बेच्ने शुक्रबारदेखि आवेदन खुला, मूल्यवृद्धि नियन्त्रण गर्न आपूर्ति बढाउने योजना

  तपाईंको न्यूज |

५ असार २०८२, बिहीबार १०:५४

टोकियो, जापान
जापान सरकारले चामलको मूल्यवृद्धि नियन्त्रण गर्न आफूसँग मौज्दात रहेको चामललाई सस्तोमा बजारमा ल्याउने निर्णय गरेको छ। यो योजनाअनुसार, रेष्टुरेन्ट र विद्यालयहरूलाई प्रत्यक्ष रूपमा सस्तो दरमा चामल उपलब्ध गराउने भएको छ।

पछिल्लो एक वर्षमा सुपरमार्केटहरूमा चामलको मूल्य झन्डै दोब्बर भएको कारण आम उपभोक्तामा दबाब बढेको थियो। आपूर्ति बढाएर मूल्य समायोजन गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको हो।

जापानका कृषि तथा वन मन्त्री कोइजुमी शिन्जिरोले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै सरकारको यो कदमले “बजारमा चामलको मूल्य स्थिर पार्न महत्वपूर्ण भूमिका खेल्ने” विश्वास व्यक्त गरेका छन्।उनका अनुसार, बजारमा अत्यधिक मूल्यवृद्धिले विद्यालयका खानपान कार्यक्रम र रेष्टुरेन्ट व्यवसाय प्रभावित भएको पाइएको छ।

सरकारले शुक्रबार (२०२५ जुन २१) देखि रेष्टुरेन्ट र विद्यालयहरूका लागि चामल खरिद गर्न आवेदन खुला गर्ने जनाएको छ।संघीय स्तरबाट वितरण प्रक्रिया सहज बनाउन स्थानीय प्रशासनसँग समन्वय गर्ने भएको छ

सरकारले चामलको मूल्यवृद्धि नियन्त्रणका लागि यो आपतकालीन व्यवस्था गरे पनि दीर्घकालीन रूपमा आन्तरिक उत्पादन वृद्धि, आयात नीति पुनरावलोकन, र भण्डारण व्यवस्थापन सुधार गर्ने योजना बनाइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया