धादिङ
नेकपा एमालेका नेता तथा नेपाल बौद्धिक परिषद्का महासचिव ई. गजेन्द्र प्रसाद थपलियाले पृथ्वी राजमार्गको धादिङ खण्डमा सवारी चाप र आकस्मिक अबरुद्धको विकल्प रूपमा रहेको गल्छी आदमटार गजुरीटार परेवाटार सडकको निरीक्षण गरेका छन्।
सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख, प्राविधिक टोली, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको निरीक्षणमा नेता थपलियाले वैकल्पिक सडकको निर्माणलाई प्राथमिकतामा राख्दै छिटो सम्पन्न गर्न आवश्यक सरकारी समन्वय भईरहेको बताए।
“बोल्नुभन्दा अघि काम गरेर देखाउने” शैलीका नेताका रूपमा चिनिने थपलिया सधैं शालीनता र कार्यदक्षतामा केन्द्रित रहँदै आएका छन्। उनिले नेपालभरका ठूला पूर्वाधार योजनामा नेतृत्वदायी भूमिका खेलिरहेका छन्।उनले धादिङको मात्रै होईन देशभरका सडक पुर्वाधार र ठुलाठुला परियोजना निर्माणको स्थलगत भ्रमण गर्दै नितिगत निर्णय गर्न सरकार समक्ष समन्वयकारी भुमिका निर्वाह गरिरहेका छन्।
उनकै अगुवाइमा धादिङ जिल्लामा संघीय सरकारबाट धेरै योजनाहरू कार्यान्वयनमा ल्याइएका छन्। धादिङको विकास र समृद्धिका लागि थपलियाको उल्लेखनीय भुमिका छ, जसले जिल्ला र गाउँ–बस्तीका भौतिक पूर्वाधार सुदृढ बनाउन ठूलो टेवा पुर्याएको छ।
थपलियाले शनिबार नागढुंगा–नौविसे सडक खण्डको वैकल्पिक मार्गका रूपमा निर्माणाधीन सीतापाइला–धार्के सडकको पनि स्थलगत अवलोकन गरेका थिए। सो सडक राजधानी प्रवेशको विकल्पस्वरूप महत्त्वपूर्ण मानिन्छ।
स्थलगत निरीक्षणपछि थपलियाले दुवै सडकका प्रगति, समस्या र सम्भावनाहरूबारे रिपोर्ट तयार गरेर नीतिगत निर्णय र बजेट विनियोजनमा सरकार समक्ष पहलकदमि गर्ने बताएका छन्।
प्रतिक्रिया