धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित शितल बजार नजिक पृथ्वीलोकमार्गमा आइतबार राति करिब ८:२० बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा सिद्धलेक -३का रामजी बिशुन्के र गजुरी-२ का सम्भु चौधरी हुन् दुबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
घाइतेहरूलाई तत्काल राजमार्ग अस्पताल, मलेखुमा उपचारका लागि पठाइएको र घटनास्थलमा प्रहरी निरीक्षक हर्क बहादुर खड्काको कमाण्डमा ट्राफिक टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ।
प्रतिक्रिया