टोकियो/जापान
जापानमा साइकल प्रयोगकर्ताको लागि कडा नियम लागू गरिएको छ। नयाँ ट्राफिक निर्देशिका अनुसार, साइकल चलाउँदा विशेष ध्यान नदिँदा अब हजारौं येन जरिवाना देखि जेल सजाय समेत भाेग्नुपर्ने हुने भएको छ।
सरकारले जारी गरेको सूची अनुसार, निम्न कार्य गरेमा सीधा जरिवाना वा सजाय लाग्नेछ।
उल्लंघन गर्दा लाग्ने जरिवाना सूची:
मोबाइल चलाउँदै साइकल हाँक्दा: ¥१२,०००
उल्टो दिशामा चलेमा: ¥६,०००
छाता ओडेर साइकल चलाएमा: ¥५,०००
ब्रेक नलाग्ने साइकल चलाएमा: ¥५,०००
दुई जना एउटै साइकलमा यात्रा गरेमा: ¥३,०००
फुटपाथमा अन्य यात्रुसँग ज्यादै नजिक भएमा: ¥३,०००
ट्राफिक लाइट बेवास्ता गरेमा: ¥६,०००
इयरफोन लगाएर चलाएमा: ¥५,०००
रेल आउँदा/ओर्लिँदा लापरवाही गरेमा: ¥७,०००
लाइट नभएको साइकल चलाएमा: ¥५,०००
पैदलयात्रीमाथि पानी छर्किएमा: ¥५,०००
‘STOP’ संकेत नमान्दा: ¥५,०००
रक्सी सेवन गरेर साइकल चलाएमा: ३ वर्ष जेल वा ¥५००,००० जरिवाना
सरकारले “नियमहरूको कडाईका साथ पालना गर्न र आफू र अरूको सुरक्षाका लागि सचेत बन्न समेत आग्रह गरेको छ।
जापानमा साइकल दैनिकीमा प्रयोग हुने प्रमुख साधन भएकाले दुर्घटना न्यूनीकरणका लागि यस्तो कानूनी व्यवस्था लागू गरिएको हो।
प्रतिक्रिया