जनकल्याण माविका विद्यार्थी SEE परीक्षामा चम्किए: समृद्धि र सौरभीले ल्याए ४.०० GPA

  तपाईंको न्यूज |

१४ असार २०८२, शनिबार ०१:३६

मास्टार/धादिङ
धादिङको गल्छी गाउँपालिका–४, मास्टारस्थित जनकल्याण माध्यमिक विद्यालयले SEE परीक्षा २०८१ मा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो शैक्षिक समर्पण पुनः प्रमाणित गरेको छ। विद्यालयबाट परीक्षा दिएका ४६ विद्यार्थी मध्ये ३३ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन्, जसमध्ये २ जनाले सर्वोच्च ४.०० GPA ल्याएर विद्यालयको गौरव बढाएका छन्।

विद्यालयका उत्कृष्ट विद्यार्थीहरूमा समृद्धि दाहाल र सौरभी वग्ले रहेका छन्, जसले पूर्ण ४.०० GPA ल्याएर अतुलनीय प्रदर्शन गरेका हुन्। उनीहरूको सफलताले विद्यालयको शैक्षिक क्षमतामा थप विश्वास जागृत गराएको छ।

GPA अनुसार विद्यार्थीहरूको समग्र प्रदर्शन यस्तो रह्यो:
४.०० GPA (Outstanding):
-समृद्धि दाहाल
-सौरभी वग्ले

श्रेणी (३.७९–३.८७):
-सुरेश रुम्बा (३.८७)
-इशान अधिकारी (३.८१)
-शीतल खड्का (३.७९)

श्रेणी (३.००–३.६०):
-सदिक्षा खुलाल क्षेत्री (३.७७)
-रमन अधिकारी (३.३७)
-पूजना तामाङ (३.३०)
-लक्ष्मी तामाङ (३.०७)
-सम्झना कुमारी ठाकुर (३.००)

श्रेणी (२.८०–२.९४):
-अनुप पुलामी (२.९४)
-श्रीकृष्णा राई (२.९२)
ममिला बयाल्कोटी, पूर्नमाया श्रेष्ठ, सन्दीप मगर लगायत
(जम्मा ११ जना)

श्रेणी (२.६१–२.७९):
-दिपेश अधिकारी (२.७९)
-आशिका राना (२.७१)
अष्मिता मगर, सुमन लोप्चन, सुशीला अधिकारी
(जम्मा ५ जना)

विद्यालय परिवारले उत्तीर्ण सम्पूर्ण ३३ जना विद्यार्थीहरूलाई बधाई दिँदै, यो सफलता उनीहरूको कठोर परिश्रम, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको जनाएको छ।

जनकल्याण माध्यमिक विद्यालयले प्राप्त गरेको यस उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक गुणस्तर, निरन्तरता र समर्पणलाई पुष्टि गरेको छ। विद्यालयले सफल विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सबैलाई अझ उच्च अध्ययनका लागि प्रेरणा दिन सफल भएको शिक्षक प्रकाश श्रेष्ठले तपाईंको न्यूजलाई बताउनुभयो।

प्रतिक्रिया