बेनिघाट/धादिङ
बेनिघाट रोराङ गाउँपालिका बाल विकास शिक्षक र कार्यालय सहयोगीहरुलाई मासिक तलब १५ हजार बनाउने भएको छ । यो आर्थिक वर्षको श्रावणदेखि नै लागु हुनेगरि बाल विकास शिक्षक र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको गाउँपालिका प्रमुख हरि डल्लाकोटीले बताउनु भयो ।
शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङ गाउँसमितिको बैठकलाई सम्बोधन गर्दै डल्लाकोटीले सरकारले जम्मा ६ हजार दिइरहेकोमा यो आर्थिक वर्षमा वृद्धि गरी ८ हजार पु¥याएको थियो । डल्लाकोटीले यसै आर्थिक वर्षदेखि विद्यार्थी अनुपात हेरेर सरकारी स्केल अनुसार आधारभूत तथा माध्यमिक तहको शिक्षक अनुदान, राहत र करार कोटा वितरण गरिने पनि प्रतिबद्धता जनाउनु भयो।
प्रतिक्रिया