जन्म दिनको अवशरमा वडाअध्यक्ष अर्जुन भुजेलले गरे माओवादी केन्द्रको भवन निर्माणमा ५१ हजार सहयोग

  तपाईंको न्यूज |

६ भाद्र २०७८, आईतवार १३:४५

गजुरी/धादिङ
माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य एवं गजुरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अर्जुन बहादुर भुजेल मगरले माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन निमार्णको लागि सहयोग गरेका छन् । आईतवार जन्म दिनको अवशर पारेर नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवं गजुरी गाउँ पार्टी इञ्चार्ज तारा भण्डारी मार्फत एकाउन्न हजार एक सय एघार रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

केहि महिना पहिला जिल्ला कमिटीले पार्टी कार्यालय भवन निमार्ण गर्ने निर्णय गरे सँगै धादिङबेसी स्थित रायटारमा जग्गाखरीद सँगै पार्टी कार्यालय भवन बनाउन विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुट्दै आएको छ ।

प्रतिक्रिया