नेकपा एमाले प्रवक्तामा योगेश भट्टराई

  तपाईंको न्यूज |

९ भाद्र २०७८, बुधबार ०९:१४

काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । १० बुँदे सहमति कार्यन्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् ।

बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग प्रमुखका हैसियतमा योगेशले गरेसँगै एमाले औपचारिक रूपमा २०७५ जेठ २ को संरचनाबाट अघि बढेको छ।

प्रतिक्रिया