आश्विन ७,काठमाडौँ
नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ।एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ। नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठकले धादिङका नेताद्वय राजेन्द्र पाण्डेलाई उपाध्यक्ष र डा. गंगालाल तुलाधरलाई उप महासचिवमा बनाउने निर्णय गरेको छ।
उपाध्यक्षको पहिलो बरियातामा धादिङका राजेन्द्र पाण्डे रहेका छन् । त्यसैगरी थप उपाध्यक्षमा प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।
उपमहासचिवमा धादिङका गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन्।सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।
प्रतिक्रिया