धुनिबेसी/धादिङ
राजमार्ग सामुदायिक सञ्चार केन्द्रले नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी प्रसारण सुरु गरेको रडियो राजमार्ग बिहान ५ बजे देखि रातको १० बजे सम्म १७ घण्टा प्रसारण हुँदै आएको छ ।
धादिङको धुनिबेसी नगरपालिका –६ धार्केबाट प्रशारण भइरहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्ज एघार वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज ११ गतेको घटस्थापनाको दिन देखि परिक्षण प्रशारण थालेको रेडियो आज सोमबार देखि दशौँ वर्ष पूरा गरेर एघारौँ वर्षमा प्रवेश गरेको हो ।
धादिङको धुनिबेशी ६ धार्केमा स्टेशन र गल्छि गाउँपालिकाको रानीमालामा प्रसारण केन्द्र रहेको रेडियोले सडक र सडकसँग सम्बन्धित विषयवस्तु सहित अन्य विषयमा पनि केन्द्रित हुँदै आएको छ । रेडियोले सडक सन्देश र खबरका साथै शिक्षा, स्वास्थ्य, मनोरञ्जन, आदिवासी जनजाति, दलित, महिलाका सवालमा समाचार र कार्यक्रम प्रशारण गर्दै आएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा रेडियो राजमार्गले रसुवाको रेडियो लाङटाङ र नुवाकोटमा रहेको नुवाकोट एफएम सँग सहकार्य गरी समाचार तथा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । कार्यक्रम उत्पादनमा जिल्लाका रेडियोहरु सँग पनि सहकार्य गर्दै आईरहेको छ ।
रेडियो राजमार्ग धादिङ लगायत नुवाकोट, रसुवा, मकवानपुर, चितवन र गोरखा लगायतका जिल्लामा प्रत्यक्ष र अनलाईन मार्फत विश्वभर सुन्न सकिने व्यवस्था रहेको छ।
प्रतिक्रिया