धादिङ
धादिङको गजुरी गाउँपालिका वडा १ हाँगेटारमा समुदाय प्रहरी साझेदारी सम्बन्धि सचेतना तथा अन्तरक्रिया सम्पन्न भएको छ।
चेपाङ छात्राबास किशोरी समुह गजुरी १ हाँगेटार धादिङले ईलाका प्रहरी कार्यालय गजुरी ,प्रयास नेपाल धादिङ,हाँगेटार चेपाङ महिला स्वबलम्बी समुहसँगको समन्वय तथा सहकार्यका कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम सामुदायिक सुरक्षाको लागि प्रहरी कार्यालयबाट गरिने कार्य पद्धति ,समुदाय र प्रहरी बिचको अन्तर सम्बन्ध,किशोरीहरुका हुनसक्ने हिंसा र त्यस्ता कार्य भएमा कसरी प्रतिकार गर्न,अाफुमा भएको समस्या कसरी अरु समक्ष प्रष्टसँग संचार गर्ने ,अपराध कार्य हुनबाट व्यक्तिगत तथा सामुदायिक रुपमा अपनाउनु पर्ने सावधानी ,घटना भई हालेको खण्डमा तत्काल खबर गर्नु पर्ने , प्रहरीलाई समुदायले गर्ने साथ सहयोग र सुचनाबाट सुरक्षा व्यवस्थालाई मजबुत गराउन सकिने,महिला हिंसा, सामाजिक संञ्जालको सहि प्रयोग र प्रहरी मेरो साथी भन्ने अभियान लगायतका बिषयमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्का ,प्रहरी महिला सेलकी हरिप्रिया भट्टले सहजिकरण गर्नु भएको थियो । अहिले सुबिधायुक्त छात्रावासमा किशोरी समुह गठन गरि पुस्तकालय ,भान्सा व्यवस्थापन ,कला साहित्य सिर्जना ,खेलकुद ,फुलबारी व्यवस्थापन , सरसफाइ र वातावरण संरक्षण गरि ६ वटा उपसमिति गरि २० जना अाबद्ब रहेका सुमित्रा चेपाङ जानकारी दिनु भयो । समुहको अध्यक्ष अञ्जु चेपाङको अध्यक्षता तथा समुहकी सचिव स्मृति चेपाङले स्वागत मत्तव्य राख्नु भएको सचेतना कार्यक्रममा समुहका किशोरीहरु,महिला समुहका अध्यक्ष मखमली चेपाङ लगायत सदस्यहरु,समुदायका पारिवारिक सदस्यहरु गरि ४३ जनाको उपस्थिति रहेको सबिना चेपाङले जानकारी दिनु भयो ।
प्रतिक्रिया