धादिङको त्रिपुरासुन्दरीमा बाल बिछोड रोकौं बिषयक पैरवी कार्यशाला सम्पन्न

  सम्पादक |

२० असोज २०७८
बा,आमाबाट बाल बिछोड रोकौ बिषयक २ दिने पैरवी कार्यशाला सोमबार सम्पन्न भएको छ ।
बाल संरक्षण समिति त्रिपुरासुन्दरी गाउँपालिकाका संयोजक एवम् उपाध्यक्ष देवी कुमारी बुर्लाकोटीको अध्यक्षतामा भएको कार्यशालामा पालिकास्तरीय बाल संरक्षण समितिका पदाधिकारी तथा सदस्यहरु,वडाध्यक्ष,वडा सचिवहरु,बालक्लब संञ्जाल,संचारकर्मी,महिला प्रहरी सेलका प्रतिनिधि ,महिला समुहका प्रतिनिधि,स्वास्थ्य संस्थाका प्रतिनिधि ,शिक्षक प्रतिनिधिहरु लगायत ३२ जनाको सहभागीता रहेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्दै अाएको गैरसरकारी संस्था प्रयास नेपाल धादिङले सिविस काठमाडौको साझेदारी तथा त्रिपुरासुन्दरी गाउँपालिकासँगको समन्वयमा बाल बिछोड रोकौं बिषयक २ दिने प्रदेश स्तरीय पैरवी कार्यशाला सम्पन्न गरेको हो । कार्यशालामा बालबालिका अामा,बा बाट बिछोडको अबस्था,कारण र चासो ,बालबालिकाहरुले पाउनु पर्ने न्युनतम बाल अधिकार , बालबालिका बिछोड रोक्न अभिभावक तथा सरोकारवाला व्यक्ति तथा निकायहरू उत्तरदायित्व र जिम्मेवारी तथा बाल बिछोड हुनबाट बालबालिकाहरुलाई बचाउन स्थानीय पालिका, बाल संरक्षण समिति , समुदाय , बिद्यालय , बाल क्लबका पदाधिकारीले गर्न सक्ने र गर्नुपर्ने कार्यको बिषयमा छलफल गरिएको थियोे । कार्यशालामा स्थानीय तह, प्रदेशको भुमिका , बाल बिछोड रोक्न द्धारपालकहरुको पहिचान र परिचालन ,बालबालिकाहरुको हेरचाह तथा पारिवारिक अभिभाकत्व , बाल बिछोड रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बनेको कानुन र कार्यान्वयन अवस्था र स्थानीय तहमा बाल बिछोड अन्त्य गर्न के कस्ता काम गर्नु पर्छ र कसरी प्रभाकारी रुपमा गर्न सकिन्छ लगायतका बिषयमा गैसस महासंघ बागमती प्रदेश समितिका अध्यक्ष दामोदर अर्याल सिबिस काठमाडौका कार्यक्रम संयोजक प्रतिप्ता कादम्बरी,प्रयास नेपाल धादिङका बालअधिकार सहजकर्ताद्धय चाँदनी थापा,सुरज श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।
कार्यशालामा सहभागीहरुले बाल बिछोड अन्त्य र बालमैत्री स्थानीय शासन अबलम्बन गर्न वडा तथा बिद्यालय तहमा बाल संरक्षण समिति ,बालक्लब गठन, क्षमता परिचालन, बा, अामा गुमाई अभिभावक बिहिन हुन पुगेका बालबालिकाहरुको शैक्षिक विकास तथा पालनपोषण र संरक्षणको लागि योजनाबद्ध रुपमा कार्य थालनी गरिएको त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष तथा बाल संरक्षण समितिका संयोजक देवी कुमारी पाण्डे बुर्लाकोटीले बताउनु भएको सल्यानटारबाट सबिना चेपाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया