गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले झुट र भ्रमको खेती नगर्न चेतावनी दिएका छन्।बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुका स्टाटस् लेख्दै झुट र भ्रमकाे खेती जति नै गरे पनि सत्य र यथार्थताकाे अगाडि रतिभर टिक्न नसक्ने जिकिर गरेका छन्।धेरै घमण्ड नगरी आ-आफ्नाे जिम्मेवारी, दायित्व र मर्यादामा बस्दा नै हितकर हुने बताएका छन् ।अध्यक्ष बस्नेतले हताराेमा चीत्कार गरेर कुर्लने बानीले फुर्सदमा पछुताउन नपराेस् भन्दै स्टाटस् लेखेका छन् ।
बस्नेतले लेखेको स्टाटस् जस्ताको तस्तै:
झुट र भ्रमकाे खेती जति नै गरे पनि सत्य र यथार्थताकाे अगाडि रतिभर टिक्न सक्दैन जसरी लाखाैं लाख धिप धिपे ताराहरूकाे घमण्ड चिर्दै मिर्मिरे विहानीमा सूर्यकाे उदय हुन्छ । पृथ्वी गाेलाे छ घुमिफिरी एक दिन सबै पुग्ने ठाउँ उहीँ हाे त्यसैले घमण्ड धेरै नगराैं आ-आफ्नाे जिम्मेवारी, दायित्व र मर्यादामा बस्दा नै हितकर हुन्छ । हताराेमा चीत्कार गरेर कुर्लने नगराैं ताकि फुर्सदमा पछुताउन नपराेस् ।
प्रतिक्रिया